मैले गाएको गित हरुमा धेरैले मनपराईदिनुभएको गित हो “पिरती नलाम माया मन पोल्छ्” गाउने दिन सम्म रहरै रहरमा गाएको थिए , बिमल अधिकारी दाइले लेखेको शब्दको अर्थ पनि त्यती बुझेको थिएन , अन्कल यज्ञ सापकोटा र जय देवकोटा दाई सँग बसेर बनाएको भाका टिक टक बनाउनकै लागी बनाएका थियौ ! हतार हतार मा ३ जना गायक अनि १ जना गायिका पुर्ण कला बि सि दिदी सँग मिलेर गित तरङ्ग स्टुडियोमा रेकर्ड गरियो अनि हतार हतार बिमल दाइको घरमै सुटिङ्ग गरियो , साया भन्डारी र बिमल दाई अभिनए गर्दै हुनुहुन्थियो , राजेश घिमिरे दाईले खिच्दै रात पर्यो , दिपक बिस्ट दाइको अफिस गएर गित इडिट गरेर रातारात गित भावना म्युजिक सोलुसन को युटुब बाट गित अपलोड गरियो , त्यस्पछी चर्चा पाएको गित हो “मन पोल्छ्”
सायद गित बनाउदाको दिन बाटै आफुलाई मन पर्ने मन्छे सँग बोल्दै सल्लाहा लिदै बनाएको गित भएर पनि होला , कही कतै उसले मन दुखाउदा आफ्नै गित सुन्ने गर्छु “ पिरती नलाम माया , कसम नि हो नखाम माया मन पोल्छ्” त्यसैले यो गितले आफैलाई झ्स्काइरहन्छ ! अनि सोच्नेगर्छु मलाई यस्तो नहोस , मलाई यो गित सुन्न नपरोस “मन पोल्छ्”
हजुर हरु पनि हेर्नुस न एकपटक यही गित ।
